एजेन्सी । अफगानिस्तानको काबुलस्थित हमिद करजाई अन्तर्राष्ट्रिय विमानस्थलनजिकै बिहीबार भएको दुईवटा शक्तिशाली बम विस्फोटको जिम्मा आईएसआईएस संगठनले लिसकेको छ । यस आक्रमणमा एक सयभन्दा बढी मानिसहरुले ज्यान गुमाएका छन् । मृतकमध्ये १३ जना अमेरिकी सैनिक रहेको अमेरिकी रक्षा मन्त्रालयले पुष्टि गरिसकेको छ ।
तालिबानको नियन्त्रणमा रहेको अफगानिस्तानबाट बाहिरिन अफगान र विदेशी नागरिकहरू विमानस्थलमा भिड गरिरहेको समयमा भएका ती घटनामा १५० जना भन्दा बढी घाइते भएका छन् ।
यसअघि अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले जवाफ दिएका थिए । अमेरिकाले आईएसआईएसका आतंककारीलाई सिध्याउनका लागि लगभग १० हजार किलोको बम खसालेको थियो । यो बमलाई मदर अफ अल बम पनि भनिन्छ ।
यो बम एक न्युक्लियर बम थियो, यसलाई अमेरिकी सेनाले यूएस एयरक्राफ्ट मार्फत नागाहारा प्रान्तमा खसालेका थिए । रिपोर्ट अनुसार यो अमेरिकाको इतिहासममा प्रयोग गरिएको सबैभन्दा खतरनाक न्युक्लियर बम थियो । यस आक्रमणपछि पूर्व राष्ट्रपति डोनाल्ट ट्रम्पले पनि अमेरिकी सेनाको तारिफ गरेका थिए ।






