महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका १ बाट अवैध लागूऔषध गाँजा करिब ५ किलो १ सय १० ग्रामसहित धनुषा छिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बस्ने ३६ वर्षीय राम कैलाश अधिकारी समेत २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले प्र २-०२-००३ प ५३० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




