सिराहा । सिराहाको भगवानपुर गाउँपालिका ३ बाट नियन्त्रित लागूऔषध डाईजेपाम २० एम्पुल, बुप्रेनोर्फिन २० एम्पुल, नाइट्राजेपाम १६ एम्पुल र प्रोमेथाजाइन १९ एम्पुलसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा लहान नगरपालिका ७ गणेश चोक बस्ने ३३ वर्षीय लक्ष्मी साह र सोही नगरपालिका १ बस्ने २८ वर्षीय चन्दन चौधरी रहेका छन् । प्रहरी चौकी ठाडी समेतबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २-०२-००५ प ३३०६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






