सिराहा । सिराहाको लहान नगरपालिका ११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् ।
शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले २ ग्राम १८० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित सप्तरीको सुरूङ्गा नगरपालिका ५ बनिगामा टोल बस्ने ३८ वर्षीय सन्तोष कुमार चौधरीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार को ३७ प ६१५८ नम्बरको मोटरसाइकल चालक रहेका चौधरीलाई चेकजाँचका क्रममा उक्त पदार्थसहित फेला पारी नियन्त्रणमा लिइएको हो ।
उक्त मोटरसाइकलमा सवार अर्को एक व्यक्ति भने फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।






