बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका १४ बोडिङ स्कुल टोल बस्ने २२ वर्षीय निशान उप्रेतीलाई नियन्त्रित लागूऔषध डाइजेपाम ३३ एम्पुलसहित बिहिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






