रौतहट । मध्यराति रौतहटको गढीमाई नगरपालिका ९ स्थित चिल्मिलियामा लुटपाट गर्न खोजेको आरोपमा सशस्त्र प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय सोमनकुमार सहनी र २१ वर्षकै रामेश्वर सहनी छन् ।
लुटपाट गर्न खोज्ने तीन जनामध्ये एक जना भने फरार रहेका छन् । उनीरूलाई सशस्त्र प्रहरी बल नेपाल निर्वाचन क्षेत्र सुरक्षा बेस सन्तपुरको स्ट्राइकिङ टोलीले नियन्त्रणमा लिएको हो ।
उनीहरूले राजदेवी नगरपालिका ८ बस्ने धमेन्द्र राय यादब र उनको श्रीमती चन्चला यादव सवार मोटरसाइकल रोकेर चन्चलाले लगाएको गहना लुटपाट गर्न खाजेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए । पक्राउ परेका दुवै जनालाई प्रहरीको जिम्मा लगाइएको छ ।




