सर्लाही । सर्लाही क्षेत्र नम्बर ४ अन्तर्गतको एक मतदान केन्द्रमा तनाव सुरु भएको छ । यो क्षेत्रको बसबरिया गाउँपालिका ३ भवानीपुरस्थित जनता माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान सुरु भएको केहीबेरमै विवाद उत्पन्न भएको थियो ।
मतदान केन्द्रमा जम्मा भएका मतदाताहरू बीच विवाद बढेपछि केही समय स्थिति तनावग्रस्त बन्न पुगेको थियो । यद्यपि अहिले मतदान पुनः सुरु भएको छ ।




