कैलाली । कैलाली क्षेत्र नम्बर ४ अन्तर्गत गोदावरी नगरपालिका १० स्थित शंकर आधारभूत विद्यालय मतदान केन्द्र नजिकै वडाध्यक्ष रवीन्द्र शाही गुड्डु माथि कुटपिट भएको छ ।
मतदान गर्न जाने क्रममा मतदान केन्द्र बाहिर भएको विवादका क्रममा उनीमाथि आक्रमण भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार घटनामा शाहीको टाउकोमा चोट लागेको छ ।
शाही नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । सोही वडामा एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेका राम भण्डारीको समूहले ढुङ्गा प्रहार गरेको आरोप लगाइएको छ । प्रहरीले घटना बारे थप अनुसन्धान भइरहेको जनाएको छ ।






