सप्तरी । सप्तरी ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सीताराम साह निर्वाचित भएका छन् । साहले ३६ हजार ४१२ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी तेजुलाल चौधरीले १३ हजार १०३ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहे । त्यसैगरी जनता समाजवादी पार्टी नेपालकी उम्मेदवार बब्बीसिंह यादवले १० हजार २८० मत प्राप्त गर्दै तेस्रो स्थानमै चित्त बुझाइन् ।
निर्वाचन परिणाम अनुसार साहले आफ्ना निकटतम प्रतिस्पर्धी चौधरीलाई २३ हजार ३०९ मतान्तरले पराजित गरेका हुन् ।




