काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा मोरङ ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश कार्की निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार रास्वपाका कार्की ३६ हजार ९२४ मत प्राप्त गरेर सांसद निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सुनिलकुमार शर्माले २४ हजार २५४ मत प्राप्त गरेका छन् ।
त्यस्तै, श्रम संस्कृति पार्टीका अमिर मगरले १६ हजार ५०९, नेकपा एमालेका इरनकुमार राईले ७ हजार ७५२ र नेपाली कम्युनिस्ट पार्टी नेकपाका डा. देउमान सम्वाहाङफेले १ हजार २५९ मत प्राप्त गरेका छन् ।






