सर्लाही । सर्लाहीको क्षेत्र नम्बर ४ स्थित बलरा नगरपालिका ४ मा कांग्रेस नेता कमलेश्वर सिन्हामाथि आक्रमण भएको छ । बलरा ४ स्थित बाटोमा आफ्ना छोरा र नातिसँगै गाडीमा बसिरहेको अवस्थामा आक्रमण भएको हो ।
रास्वपाबाट निर्वाचित सांसद अमरेशकुमार सिंहका भतिजा तथा राष्ट्रिय अनुसन्धान कार्यालय धनुषाका सूचक गोपेशकुमार सिंह र बलरा ४ का पंकजकुमार झाले आक्रमण गरेको पीडितले आरोप लगाएका छन् ।
आक्रमणबाट घाइते सिन्हालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । गाडीमा भने सामान्य क्षति पुगेको छ । प्रहरी नायब उपरीक्षक सरोज राईले घटनाको बारेमा कुनै जानकारी नआएको जानकारी बताए ।
यस घटना प्रति नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. ४ ले दोषीमाथि कानुन बमोजिम कारबाही गर्न प्रशासनसँग माग गरेको छ ।




