काठमाडौं । रास्वपाले मधेस प्रदेशका आठ जिल्लाका ३२ सिटमध्ये दुई बाहेक ३० वटै सिटमा जीत हासिल गरेको छ । रौतहट क्षेत्र नं. २ मा नेपाली कांग्रेसका मोहमद फिर्दोश आलम विजयी भएका छन् । धनुषा क्षेत्र नं. १ मा भने मतगणना जारी छ । यस बाहेक छ वटा जिल्लाका चार वटै र दुई जिल्लाका तीन वटा क्षेत्र गरेर रास्वपाले ३० सिटमा जीत हासिल गरेको छ ।
रास्वपाका उम्मेदवारहरूमा पर्साका चार वटा क्षेत्रमा क्रमश: बृद्धिप्रसाद (हरि) पन्त, सुशील साह कानू, रामाकान्त चौरसिया र टेकबहादुर शाक्य विजयी भएका छन् । यसैगरी, बाराका चार वटा क्षेत्रमा क्रमश: गणेश धिमाल, चन्दनकुमार सिंह, अरविन्द साह र रहबर अन्सारी तथा रौतहटका चार क्षेत्रमध्ये क्षेत्र नं. २ बाहेक तीन वटा क्षेत्रबाट क्रमश: राजेशकुमार चौधरी, रवीन्द्र पटेल र गणेश पौडेल विजयी भए ।
यसैगरी, सर्लाहीका चार वटा क्षेत्रबाट रास्वपाका क्रमशः नीतिमा भण्डारी (कार्की), रविन महतो, नरेन्द्र साह कलवार र अमरेश सिंह जितेका छन् । महोत्तरीबाट क्रमश: प्रमोद महतो, दीपक साह, उज्ज्वल झा र गौरी कुमारी तथा धनुषा क्षेत्र नं. १ बाहेक तीन क्षेत्रबाट क्रमश: रामविनोद यादव, मनीष झा र राजकिशोर महतोले जीत हासिल गरेका छन् ।
सिराहाबाट क्रमश: बब्लु गुप्ता, शिवशङ्कर यादव, शम्भुकुमार यादव र तपेश्वर यादव तथा सप्तरीबाट क्रमश: पुष्पाकुमारी चौधरी, रामजी यादव, अमरकान्त चौधरी र सीताराम साह गरी रास्वपाका ३० जना उम्मेदवार विजयी भएका छन् ।




