सप्तरी । सप्तरीको राजगढ गाउँपालिका ५ मलेखपुर बस्ने २७ वर्षीया पञ्चाङ सदाको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएकी उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




