झापा । गएराति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा मृत्यु भएको छ । हल्दिबारी गाउँपालिका २ की १७ वर्षीया किशोरीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार हल्दिबारी गाउँपालिका २ की १७ वर्षीया आरती राजवंशीको मृत्यु भएको हो । आफ्नै घरमा सुतिरहेका बेला उनलाई रुखले किचेको हो ।






