बारा । बाराको सिम्रौनगढ नगरपालिका ५ मा सोमबार राति दुई वटा भारतीय नम्बरको मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सिम्रौनगढबाट कलैयातर्फ आउँदै गरेको बीआर ०५ एए ८४४४ र बीआर ३० भी ४६३७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी ४६३७ नम्बरको मोटरसाइकलमा सवार सिम्रौनगढ नगरपालिका ५ निवासी ४५ वर्षीय सुरेन्द्र महतोको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । महताको कलैयास्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा महतो सवार ८४४४ नम्बरको मोटरसाइकलका चालक सिम्रौनगढ ५ का ३५ वर्षीय दिलिपकुमार पटेल, ४६३७ नम्बरको मोटरसाइकल चालक रौतहटको राजपुर नगरपालिका ४ अकोलवाका २२ वर्षीय राजा साह र राजपुर ९ बैरीयाका १५ वर्षीय भरतकुमार साह घाइते भएका छन् । घाइतेको कलैयास्थित अस्पतालमा उपचार भइरहेको छ ।




