सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका १६ परवानीपुरबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका १६ बस्ने ४३ वर्षीय सन्तोष केसी समेत ११ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाही समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ८४ हजार रूपैयाँसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




