काठमाडौं । मधेश प्रदेशमा बलात्कार तथा जबरजस्ती करणी भयावह बन्दै गएको देखिएको छ । एक वर्षकै अवधिमा २ सय २० बलात्कारको घटना भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जारी गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२६ को तथ्याङ्क अनुसार वर्ष २०२५ अर्थात २०८१ पुस १७ देखि २०८२ पुस १६ सम्मको अवधिमा २ सय २० वटा बलात्कारको घटना भएको छ ।
पुस्तकमा उल्लिखित तथ्याङ्क अनुसार यसबाट सबभन्दा धेरै बालिका प्रभावित भएका छन् । घट्नामा १ सय १ जना १८ वर्षमुनि उमेर समूहका बालिका बलत्कारको शिकार भएकी छिन् । १८ वर्षमाथिका १ सय १९ जना महिला बलात्कृत भएकी छिन् ।
तथ्यांक अनुसार बलत्कारको सबभन्दा बढी घटना धनुषा जिल्लामा भएको देखिन्छ । यहाँ एक वर्षमै १२ बालिका र ५८ महिला बलात्कार शिकार भएका छन् ।
सबभन्दा कम घटना सप्तरी जिल्लामा भएको देखिन्छ । यहाँ बलात्कारका ८ घटना भएका छन् । तर सप्तरीमा एक बालिका सामूहिक बलात्कारमा समेत परेको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै सिरहामा ३ बालिका सामूहिक बलात्कारबाट पीडित भएका छन् । सिराहमा एक जनाको बलत्कारपछि हत्यासमेत भएको विवरण देखिन्छ । अन्य १२ वटा घट्नामा बालिका र १६ वटा घटनामा महिला पीडित बनेका छन् ।
महोत्तरीमा १५ बालिका र १६ महिला गरी ३१, सर्लाहीमा २४ बालिका र ७ महिला ३१, रौतहटमा ३ बालिका र ६ महिला ९, बारामा ९ बालिका र ७ महिला गरी १६ तथा पर्सामा १५ बालिका र ९ महिला गरी २४ वटा बलात्कारका घटना भएको छन् ।
मधेश प्रदेशका ८ जिल्ला मध्ये सबभन्दा बढि सर्लाहीमा २४ वटा बलत्कारको घटनाबाट बालिका पीडित भएका छन् । प्रहरीको रेकर्ड अनुसार २ सय २० वटा बलात्कार घटना मध्ये १ सय १ वटा कानूनी दायरामा ल्याइएको छ भने १ सय १९ वटामा अनुसन्धान जारी रहेको वर्ष पुस्तकमा उल्लेख छ ।
पुस्तक अनुसार बालिकासँग सम्बन्धित ५१ वटा र महिलाका ६८ वटा मुद्दा अहिलेसम्म अनुसन्धानमै रहेको छ । प्रहरीका अनुसार अहिलेसम्म मात्र ११ वटा मुद्दा अनुसन्धान सम्पन्न टुँगिएको छ । यी बाहेक बलात्कार प्रयासको घटना मधेश प्रदेशमा समेत बढेको देखिन्छन् ।
प्रहरीका अनुसार मधेश प्रयासमा ७७ वटा वर्ष २०२५ मा भएको हो । बलत्कार मध्ये सिरहामा एक जना बालिकाको बलत्कार पछि हत्या गरिएको र पर्सामा दुईजना बालिका हाडनाता करणीको शिकार समेत भएको प्रहरीको तथ्यांकले देखाउँछ ।
उल्लेखित यी घटना प्रहरीमा दर्ता भएको घटना मात्र हुन् । अधिकारकर्मीहरूले सामाजिक मान्यता तथा व्यक्तिगत लाजका कारण प्रहरीमा दर्ता नभएका यस्ता थुप्रै घट्ना हुनसक्ने बताउँछन् ।




