सर्लाही । सर्लाहीको बलरा नगरपालिकाको बलरा गाउँमा एक २६ वर्षीया विवाहिता महिलाले झुण्डिएर आत्महत्या गरेकी छिन् । बलरा नगरपालिका ४ बस्ने गणेश सहनीको २६ वर्षीया श्रीमती अनिताकुमार सहनीले आत्महत्या गरेको हुन् ।
उनले आफ्नै दुई तल्ले घरको माथिल्लो तल्लामा रहेको भान्सा कोठाको कुनामा शलले पासो लगाएर झुण्डिएको अवस्थामा शुक्रबार विहान ७:४० बजेको समयमा फेला परेकी थिइन ।
मृतकको ससुरा रामचन्द्र सहनीले घाँस काट्ने हसियाँले पासोलाई काटे पनि जोगाउन नसकिएको बताइएको छ । घटनाको जानकारी पाउना साथ इलाका प्रहरी कार्यालय बलरा र इलाका प्रहरी कार्यालय गडहियाले जनाएको छ ।




