सिराहा । सिराहाको गोलबजार नगरपालिका ४ निपाने टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रामसहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोलबजार नगरपालिका ५ निवासी २५ वर्षीय अनिल चौधरी रहेका छन् । उनलाई सोमबार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उक्त लागूऔषध सोही क्षेत्रका ३३ वर्षीय बलिराम महतोले बिक्रीका लागि पठाएको खुलेको छ । त्यसपछि प्रहरीले लहान नगरपालिका १ भैरवबाबा टोलबाट बलिराम महतोलाई समेत नियन्त्रणमा लिएको छ ।
बलिरामको साथबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम २५० मिलिग्राम बरामद गरिएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।




