सप्तरी । सप्तरी प्रहरीले सवारी ज्यान मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । यसरी पक्राउ परेका प्रतिवादी जिल्लाको कञ्चनरूप नगरपालिका ३ बरमझियाका ३० वर्षीय त्रिभुवन सदा रहेको प्रहरीले जनाएको छ ।
नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार २०८१ पुस २९ गते कञ्चनरूप नगरपालिका ६ स्थित पौडा खोला अन्तर्गत कञ्चनपुर–फत्तेपुर सडकखण्डमा मोटरसाइकल र ट्याक्टर एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
सो दुर्घटनामा डाक्नेश्वरी नगरपालिका २ हरिरहा टोलका अन्दाजी २१ वर्षीय सुदिपकुमार चौधरीले चलाएको प्र २–०१–११३ प ७७८८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको को १ त ८७९४ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।
सो दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीलाई उपचारका लागि भारत बिहारको दरभंगा स्थित एक अस्पतालमा लगिएकोमा २०८१ चैत २ गते उपचारकै क्रममा मृत्यु भएको प्रनाउ पुरीले जानकारी दिए ।
घटनापछि फरार रहेका ट्याक्टर चालक त्रिभुवन सदालाई सोमबार पक्राउ गरी सवारी ज्यान मुद्दामा थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक पुरीले जानकारी दिए ।




