धनुषा । धनुषाको धनुषाधाम नगरपालिका ९ धारापनीबाट प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका ३ बस्ने २१ वर्षीय सुमन अधिकारी रहेका छन् ।
उनलाई मंगलबार दिउँसो २ हजार ८ सय ४० ट्याब्लेट नियन्त्रित लागूऔषध ‘टापेन्टाडोल’सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले स १ ह १०४३ नम्बरको अटो जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी अटोमा सवार अधिकारीलाई नियन्त्रणमा लिएको हो । घटनामा संलग्न अटो चालक फरार रहेकाले उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






