रौतहट । रौतहटमा आफैँले चलाएको ट्रयाक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । गढिमाई नगरपालिका ७ स्थित धरमपुर-धनाडी सडकखण्ड अन्तर्गत नहरको बाटोमा दुर्घटना भएको हो ।
धनाडीबाट धरमपुरतर्फ जाँदै गरेको ना ६ त ९६८३ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट खेतमा पल्टिएको थियो । दुर्घटनामा ट्रयाक्टरको इन्जिनले थिचिएर चालकको मृत्यु भएको हो ।
गौर नगरपालिका ६ सबगढाका २८ वर्षीय रञ्जित साहको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।






