पर्सा । पर्साको सखुवा प्रसौनी गाउँपालिका ५ स्थित महुवन बजारबाट अवैध लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान पक्राउ पर्नेहरूमा पर्सागढी नगरपालिका ९ बस्ने ३१ वर्षीय मोहिचन प्रसाद यादव र ४० वर्षीय बैधनाथ प्रसाद यादव रहेका छन् ।
प्रहरी चौकी महुवनबाट खटिएको प्रहरी टोलीले बिआर ०५ वाइ ८५३४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा करिब ५ किलो २ सय ग्राम गाँजासहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






