सिराहा । सिराहाको सुखीपुर नगरपालिका ८ महदेवाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही स्थानका २३ वर्षीय सुशील कुमार चौधरी रहेका छन् । उनलाई शुक्रबार दिउँसो करिब ९९० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय, गोलबजारबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




