धनुषा । गणेशमान चारनाथ नगरपालिका २ राधापुरबाट नियन्त्रित लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका २० वर्षीय दिपेश महरा रहेका छन् ।
इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ उनलाई २५० ट्याब्लेट नाइट्राजेपाम र २४ ट्याब्लेट स्पास्मोसहित नियन्त्रणमा लिएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




