रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका ५ स्थित सगुन फार्मेसीबाट प्रहरीले नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४३ ट्याब्लेटसहित फार्मेसी सञ्चालकलाई पक्राउ गरेको छ ।
शनिबार दिउँसो खटिएको प्रहरी टोलीले फार्मेसीमा तलासी गर्ने क्रममा उक्त लागूऔषध बरामद गरेपछि चन्द्रपुर नगरपालिका ६ निवासी ४८ वर्षीय सुरेश चौधरीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बरामद गरिएको ट्रामाडोल नियन्त्रित लागूऔषध अन्तर्गत पर्ने औषधि हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




