धनगढी । कैलालीको गोदावरीमा दुई किशोरी मृत फेला परेका छन् । मंगलबार गोदावरी नगरपालिका ५ गेटामा १६ वर्षीय र सोही नगरपालिका वडा नम्बर ८ स्थित स्याउलेकी १५ वर्षीय किशोरी मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनीहरू आ-आफ्नो घरकै कोठामा पङ्खामा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी याेगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
उनीहरूले किन यस्तो निर्णय गरे भन्ने विषयमा सोधपुछ गर्दा दुवै किशाेरी एसईईको नतिजा प्रति सन्तुष्ट नरहेको पाइएको प्रहरीले जनाएको छ । घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।






