रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत धानको बिउ वितरण गर्ने भएको छ । कृषि विकास शाखाले सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रम अन्तर्गत अनुदानमा उन्नत धानको बिउ वितरण गर्न लागिएको जनाएको हो ।
नगरपालिकाले कृषक, कृषक समूह, कृषि सहकारी तथा कृषि फर्मलाई लक्षित गर्दै अनुदानमा बिउ उपलब्ध गराउने जनाएको छ । इच्छुक कृषक तथा संस्थाले आवश्यक कागजातसहित २०८२ जेठ १ गतेदेखि २०८२ जेठ १० गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
व्यक्तिगत कृषकले आवेदन दिँदा लालपुर्जाको प्रतिलिपि, नागरिकताको प्रतिलिपि तथा सम्बन्धित वडा कार्यालयको सिफारिस पेश गर्नुपर्नेछ । यस विषयमा थप जानकारीका लागि चन्द्रपुर नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क गर्न सकिने जनाइएको छ ।





