सिराहा । सिरहाको सिरहा नगरपालिका १४ क्षेत्रबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका ३ बस्ने ३१ वर्षीय सरोज विक र सोही स्थानका २६ वर्षीय राजु लामा रहेका छन् ।
प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरी टोलीले माडरबाट सिरहतर्फ जाँदै गरेको ज ४ प १३८८ नम्बरको मोटरसाइकललाई शंका लागेर जाँच गर्ने क्रममा उनीहरूको साथबाट ५ ग्राम ३ सय मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ ।
प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।






