रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका ४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ३ सय ८० मिलिग्रामसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा चन्द्रपुर नगरपालिका ४ बस्ने ३६ वर्षीय सन्देश कुश्वार र सिन्धुली हरिहरपुरगढी गाउँपालिका ४ बस्ने ३० वर्षीय अरूण जंग राई रहेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले निजगढबाट चपुरतर्फ आउँदै गरेको बा १७ प ७४३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




