धनुषा । धनुषामा नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका १३ रघुनाथपर बस्ने ३२ वर्षीय नबिबुल रहमान रहेका छन् ।
प्रहरीका अनुसार बिदेह नगरपालिका १ क्षेत्रमा बिहिबार दिउँसो उनलाई नाइट्राजेपाम ६ सय ट्याब्लेट र स्पास्मो १ सय ६८ ट्याब्लेटसहित पक्राउ गरिएको हो ।
प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको स ७ प ७६२३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा रहमानलाई लागूऔषधसहित नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेका रहमानमाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






