एजेन्सी । संसारभरीका १६८ संस्कृतिको अनुसन्धान गर्दा आधाभन्दा कम समुदायमा मात्रै अधरमा चुम्बन गर्ने प्रचलन रहेको भेटियो । युनिभर्सिटी अफ नेभदा लास भेगसका मानवशास्त्री तथा प्राध्यापक विलियम जानकोवियाकले ४६ प्रतिशत वैशालु जोडीले रोमान्टिक अवस्थामा चुम्बन गर्ने गरेको बताए । यसमा आमाबुवाले बच्चालाई गर्ने र अभिवादनका लागि गरिने चुम्बन समावेश गरिएको छैन ।
यहाँ यस्ता दुई सिद्धान्त बारे कुरा गरिएको छ जसमा मानिसहरुलाई चुम्बनको किन आवश्यकता पर्यो भन्ने बारे चर्चा गरिएको छ । एक बच्चाको रुपमा हामीलाई जन्मजात रुपमै ओठ छुन मनपर्छ । पहिलो सिद्धान्त यो हुन सक्छ कि हामीले ओठ छुने कुरालाई स्तनपानसँग जोडेर हेर्छौं । र यो गुण सबैमा जन्मजात नै हुन्छ ।
यस्तै, आमा र शिशुबीच हुने ‘प्रिमेस्टिकेसन फुड ट्रान्सफर’ का कारण पनि आमा र बच्चाबीच ओठमा चुम्बन गर्ने प्रचलन बढेको र एक किमिसमको गहिरो सम्बन्ध स्थापित भयो । पुरानो समयमा हाम्रा पूर्वज आमाहरुले हामी सानो छँदा खानेकुरा चपाएर सिधै हाम्रो मुखमा हालिदिएको हुन सक्छ । यही प्रक्रिया हाम्रो नजिकका पूर्वज चिम्पाञ्जी लगायत अन्य ठूला बाँदरमा पनि देखियो ।
बीबीसीले चुम्बनको सुरुवात बारे एउटा रिपोर्ट तयार पारेका छ जसमा चुम्बनका लागि कपडा एउटा महत्वपूर्ण कारक तत्व हुन सक्ने सुझाव दिइएको छ । ‘तर मलाई के लाग्छ भने कति समुदायमा चुम्बनको संस्कृति हुनु वा नहुनुमा एउटा कुरा के छ भने मानिसको कामुकता चुम्बनबाहेक अन्य विभिन्न तरिकाबाट पनि प्राप्त गर्न सकिन्छ ।’
अधरमा चुम्बन नगर्ने समुदायले नजिक हुनका लागि अन्य तरिका अपनाउने गरेको लेखक सेरिल किर्सेनबाउम बताउँछन् । ‘डार्विनले वर्णन गरे अनुसार मलय चुम्बन पनि छ जसमा महिलाहरु भुइँमा बस्छन् र पुरुषहरु उनीमाथि झुण्डिएको झैं गरेर एक अर्कालाई सुँघ्ने गर्छन् – पार्टनरको सुगन्धको आनन्द लिन्छन् ।’
‘यस्तै पपुआ न्यू गिनीको पूर्वी तटमा ट्रोबियान्ड टापुमा प्रेमीहरु आमने सामने बसेर एक अर्काको परेलामा बिस्तारै दाँतले चलाउँछन्,’ अहिलेको जमाना हामीमध्ये धेरैलाई यो खासै रोमान्टिक नलाग्ला तर उनीहरुका लागि यसले काम गर्यो,’ किर्सेनबाउमले भने ।
यहाँ अधरमा चुम्बन वा अन्य प्रकारको चुम्बनमा के महत्वपूर्ण छ भने यतिबेला एक अर्काबीचको घनिष्ठता र अंतरंग जानकारी साझा हुनु हो । ओठलाई एकै पटक दबाएर चुम्बन गर्नु एउटा अद्वीतीय मानव व्यवहार हो । यदि चुम्बन एक विकासवादी उद्देश्य हो भने हामीले जनावरहरुले चुम्बन गरेको किन देख्दैनौं ?
मेलिसा होगेनबूमले सन् २०१५ मा बीबीसी अर्थका लागि यो प्रश्नको जवाफ दिएकी थिइन् । हामी आफ्नो पार्टनरको निकै नजिक भएर उनीहरुलाई मिठो गन्ध दिन चाहने भएकोले पनि निकै नजिक हुन बाध्य भएको हुनुपर्छ ।
गन्धले सबै प्रकारको उपयोगी जानकारी प्रकट गर्न सक्छ । नाम नै लिनुपर्दा आहार, रोगको उपस्थिति, मनोदशा केही हुन सक्छन् । थुप्रै जनावरमा गन्धको विषयमा हामीभन्दा थुप्रै गुणा राम्रो इन्द्रिय हुन्छ, त्यसैले उनीहरु त्यति नजिक पनि हुनुपर्दैन ।’






