महोत्तरी । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा सोमबार बिहान बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका ६ साहुजी टोल बस्ने ७५ वर्षीय चन्देश्वर साह रहनुभएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक विश्वम्भरनाथ साहका अनुसार जलेश्वरबाट मतिहानीतर्फ गइरहेको ना ४ ख ४७५८ नम्बरको बसले जलेश्वर नगरपालिका २ स्थित मतिहानी चोकमा सोमबार बिहान पैदलयात्री साहलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट साहको हात र टाउको लगायतका अङ्गमा अत्यधिक चोट लागेको थियो । अवस्था गम्भीर रहेका उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर पुर्याइएको थियो ।
प्रादेशिक अस्पताल जलेश्वरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुर लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतकको शवलाई शव परीक्षणका लागि पुनः प्रादेशिक अस्पताल जलेश्वर फर्काइएको जानकारी दिइएको छ ।






