मोरङ । मोरङको उर्लाबारी १ लक्ष्मीझारकी अन्दाजी ४५ वर्षीया सविता लिम्बूको शव स्थानीय बक्राहा खोलाको डिलमा फेला परेको छ । चार दिनदेखि हराइरहेकी लिम्बूको शव आज बिहान स्थानीयले गाईवस्तु चराउने क्रममा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय उर्लाबारीको टोली घटनास्थल पुगेर मुचुल्का तथा अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ । स्थानीयका अनुसार शव फुलिएको अवस्थामा थियो ।
मृतकको पहिचान उनले लगाएको कपडाका आधारमा श्रीमानले गरेका हुन् । प्रहरीले घटनाको कारण खुल्न बाँकी रहेको जनाएको छ । शव परीक्षणका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।






