रौतहट । रौतहटमा झगडा छुट्याउन गएका एक युवकको मृत्यु भएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका ४ निवासी ३० वर्षीय विष्णु सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीका अनुसार बारा जिल्लाको निजगढ नगरपालिका ६ निवासी २८ वर्षीय बिमल मोक्तानले झगडा गरिरहेका बेला सुवेदी छुट्याउन पुगेका थिए । सोही क्रममा मोक्तानले धकेल्दा सुवेदी लडेर टाउकोमा गम्भीर चोट लागेको थियो ।
घाइते सुवेदीलाई उपचारका लागि अस्पताल लगिएको भएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न बिमल मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




