महोत्तरी । महोत्तरीमा चोरी गर्न आएको समूहसँग प्रतिवाद गर्दा गोली लागेर एक दम्पती घाइते भएका छन् । महोत्तरीको सोनमा गाउँपालिका ३ खखनामा मंगलबार राति राम विश्वास आदबको घरमा डाकाचोरी भएको हो ।
सो क्रममा डाँका समूहले गोली प्रहार गर्दा रामविश्वासका ज्वाईं ईश्वर यादव र छोरी किरण यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पञ्चलाल गोलेले जानकारी दिए ।
दुवै जनाको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।




