पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका १६ स्थित रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् ।
आइतबार दिउँसो प्रहरीले करिब १ ग्राम ३ सय ७० मिलिग्राम लागूऔषध जस्तो देखिने पदार्थसहित बारा, कलैया उपमहानगरपालिका ३ का १९ वर्षीय तबरेज मन्सुरसहित दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरी चौकी ईनर्वा लगायतको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना ३४ प ९९६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।






