वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका १६ स्थित रजतजयन्ती चोकबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाउँपालिका ५ चिलझपटी टोल निवासी २२ वर्षीय राजन साह तेली रहेका छन् ।
प्रहरीका अनुसार बिहीबार राति प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका तेलीलाई शंका लागी जाँच गर्ने क्रममा उनको साथबाट १६० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले लागूऔषध नियन्त्रण ऐनअन्तर्गत आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




