सर्लाही । सर्लाहीमा एक युवकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् । जिल्लाको गोडैता नगरपालिका निवासी ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा आगो लगाउँदा गम्भीर घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रविन्द्र पौडेलका अनुसार मण्डलको मानसिक अवस्था केही समयदेखि असन्तुलित रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । उनले के कारणले यस्तो कदम चाले भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
घटनामा गम्भीर घाइते भएका मण्डललाई तत्काल प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।




