सिरहा । सिरहाको गोलबजार नगरपालिका ७ मा एकै परिवारका तीन बालबालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । गोलबजार ७ स्थित पशु बजार नजिकै रहेको पोखरीमा नुहाउने क्रममा आइतबार दिउँसो उनीहरूको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय अब्बास खानका ८ वर्षीय एक छोरा सैफुल शेख तथा १० र १२ वर्षीया दुई छोरीहरू क्रमशस् रुविना खातुन र सवनम खातुन रहेका छन् । वर्षाका कारण पशु बजार क्षेत्रमा रहेको खाल्डोमा पानी भरिएर पोखरी बनेको थियो ।
सोही पोखरीमा नुहाउन गएका बालबालिकाहरू पानीमा डुबेका हुन् । घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली घटनास्थल पुगेर उद्धार कार्यमा खटिएको थियो ।




