काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ६५८ पीसीआर परीक्षणमा १६१९ जना र ३ हजार ९९२ एन्टिजेन परीक्षणमा ३८५ जना गरी २ हजार ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै आज काेराेना संक्रमणबाट थप १६ जनाकाे मृत्यु भएकाे भने १ हजार ८४६ जना निकाे भएका छन् । मन्त्रालयले दिएकाे जानकारी अनुसार सक्रिय संक्रमितकाे संख्या ३३ हजार ९४६ रहेको छ । जसमध्ये ३१ हजार ६१९ जना होम आइसोलेसनमा र २३२७ जना संस्थागत आइसोलेसनमा छन् । ५४४ जना आइसियुमा र १६६ जनाको भेन्टिलेटरमा छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७९३ जना संक्रमित भेटिएका छन् । काठमाडौंमा ५४१, ललितपुरमा १५२ र भक्तपुरमा १०० जना संक्रमित भेटिएका छन् । त्यस्तै झापामा १२६, मोरङमा ११२, कास्कीमा १०५, सुनसरीमा ६४, चितवनमा ६०, रुपन्देहीमा ४१ र काभ्रेमा २८ जना संक्रमित भेटिएका छन् ।






