सिराहा । सिरहा नगरपालिका १५ बुधाँराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ४० मिलिग्रामसहित कल्याणपुर नगरपालिका ८ बस्ने २२ वर्षीय सुनिल मण्डल समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको म प्र ०१-००४ प ६२३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




