रौतहट । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर नगरपालिका ८ अकोलुवा बस्ने २२ वर्षीय ड्राईभर भन्ने आफान आलम रहेका छन् ।
उक्त मुद्दामा संलग्न रही २०८२ जेठ १५ गतेदेखि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले राजपुर नगरपालिका ४ बाट सोमबार पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी काठमाडौं पठाइएको छ ।




