काठमाडौं । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का ६ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र आयोगको कार्यालय इटहरीबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।
अख्तियारका अनुसार इन्जिनियर खड्कालाई घुस रकमसहित झा दमक नगरपालिका १ स्थित खाजाघरबाट नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।
खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिएको तथा ठेक्काको भुक्तानी प्रकृयामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीपछि उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनी छैटौँ तहका कर्मचारी हुन् ।






