धनुषा । गणेशमान चारनाथ नगरपालिका ४ बिरेन्द्र बजारबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ सय ४८ ग्रामसहित सोही नगरपालिका १ गोल घर बस्ने २४ वर्षीय मोहमद तमिम राईनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय भरतपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






