झापा । झापाको गौरीगञ्ज गाउँपालिका २ कृष्ण खोला नजिक हुलाकी राजमार्गमा कार र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मोरङको रतुवामाई नगरपालिका ५ गोविन्दपुरका ३० वर्षीय मोहम्मद नुर स्लाम र ३५ वर्षीय एनबी मोजाबुल हकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार स्लामले चलाएको बीआर ३८ एच ५५४७ नम्बरको मोटरसाइकलमा हक पछाडि सवार थिए । शुक्रबार दिउँसो करिब १ बजे पूर्वतर्फ गइरहेको प्र १-०२-००२ च ५१०१ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै जना गम्भीर घाइते भएका थिए ।
घाइते स्लामको दमक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने हकको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनापछि कार चालक विराटनगर महानगरपालिका १३ निवासी ३५ वर्षीय विवेक सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रारम्भिक अनुसन्धानमा कार तीव्र गतिमा रहेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






