सप्तरी । सुरूङगा नगरपालिका २ भेडियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ७ सय ७० मिलिग्रामसहित सोही नगरपालिका २ रक्सा बस्ने सुनसरी रामधुनी नगरपालिका ५ घर भएका ३७ वर्षीय अस्मिन कार्कीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




