रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनिहवामा घरायसी विवादका क्रममा बाबुले चक्कु प्रहार गर्दा छोराको मृत्यु भएको छ । घटनामा संलग्न बाबुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
प्रहरीका अनुसार बिहीबार ४५ वर्षीय सहसराम चौधरीले आफ्नै २१ वर्षीय छोरा सरोज चौधरीमाथि धारिलो हतियार प्रहार गरेका थिए । चक्कु लागेर गम्भीर घाइते भएका सरोजलाई तत्काल उपचारका लागि क्रिमसन अस्पताल पुर्याइएको थियो ।
प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवास्थित मेडिकल कलेज रेफर गरिए पनि उपचारकै क्रममा साँझ करिब ४:४० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले सहसराम चौधरीलाई नियन्त्रणमा लिएको छ । घटनाको कारण र अन्य विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






