पर्सा । चोरी तथा डाँका सम्बन्धी मुद्दामा अदालतबाट पाँच वर्ष कैद सजाय र ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका एक प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका ३० निवासी २८ वर्षीय आकाश यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार जिल्ला अदालत पर्साले २०८१ चैत २२ गते चोरी तथा डाँका मुद्दामा यादवलाई पाँच वर्ष कैद सजायसँगै ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । त्यसयता फरार रहेका उनलाई विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शनिबार वीरगञ्ज महानगरपालिका १९ बिन्दवासिनीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका यादवविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।






