धनुषा । धनुषाको विदेह नगरपालिका वडा नम्बर ५, का पूर्ववडाध्यक्ष विजयकुमार यादव भ्रष्टाचारमा तानिएका छन् । अनुदानको एम्बुलेन्स दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।
अख्तियारका अनुसार वडा कार्यालयका लागि भारत सरकारबाट अनुदानमा प्राप्त एम्बुलेन्स उनले निजी सम्पत्तिसरह नियन्त्रणमा राखी आफूखुशी शुल्क असुलेको पाइएको छ । साथै, एम्बुलेन्स सञ्चालनबाट प्राप्त आम्दानी र खर्चको हिताबकिताब पालिकामा दाखिला नगरेको र सेवा लगबुक समेत नराखिएको अख्तियारको ठहर छ ।
नेपाल रेडक्रस सोसाईटी धनुषाद्धारा प्रकाशित एम्बुलेन्स सेवा दररेटका आधारमा उनले तीन वर्ष पाँच महिनामा एम्बुलेन्सको दुरुपयोग गरी १५ लाख ९ हजार २५० रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको भनाइ छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उक्त रकम जफत गरी कैद र जरिवाना सजाय हुन मागदाबी गरेको छ ।






